८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कोरियाको जोसेनमा आगलागी हुँदा २९को मृत्यु, २६ घाइते

सोल – दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ। 

राजधानी सोल देखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो। 

आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन्। 

मृत्यु भएकामध्ये सबै जना भवनको दोस्रो तलामा रहेको अधिकारीहरूले बताएका छन् । उनीहरू सबै जना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए।
 
आगलागीमा परी अरु २६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। धुवाले निसास्सिएकै अवस्थामा उनीहरूलाई अस्पताल पुर्‍याइएको हो।
 
घाइतेहरूको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरूले जानकारी दिएका छन्।
 
स्थानी समय अनुसार दिउसो ३:५३ बजे आगलागी सुरु भएको थियो। आगलागी भए लगत्तै ५० ओटा अग्नी नियन्त्रक यन्त्र, ६० जना अग्नी नियन्त्रक र हेलिकोप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो। 

उनीहरूले बेलुका ५:४० मा मात्रै आगो नियन्त्रणमा लिन सकेका थिए। अहिले पनि उद्धारकर्ताहरूले जलेको भवन भित्र अरु पनि कोही जलेको वा जिवितै हुन सक्ने आशंका सहित खोजी गरिरहेका छन्।
 
उद्धारकर्ताहरूले भवन भित्र जिवितै रहेको भेट्ने संभावना निकै कम रहेको र थप मृतकहरु भने भेटीन सक्ने अनुमान गरेका छन्। 

प्रकाशित: ६ पुस २०७४ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App