१९ असार २०७७ शुक्रबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानको हवाई कारबाहीमा नौ जना आतङ्ककारी मारिए

जलालाबाद – अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन्। 

यस कारबाहीको क्रममा नौ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन्। 

नान्गाहार प्रान्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिएका छन्। उनीहरुलाई तालिबानका लडाकूले संरक्षण दिएको पनि खुलेको छ। 

यस कारबाहीको क्रममा आइएस लडाकू लुकेर बस्ने गरेका दुईवटा वासस्थानसमेत ध्वस्त पारिदिएको प्राप्त समाचारमा जनाइएको छ। 

आचिन जिल्लामा आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ। अफगान र अन्तराष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीको क्रममा आइएसका सयौं सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन्। 

सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो । जसका कारण दर्जनौँ लडाकूले ज्यान गुमाएका थिए। 

प्रकाशित: २० मंसिर २०७४ १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App