coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरिया विश्वकै शक्तिशाली राष्ट्र : किम जोन उन

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया विश्वकै  आणविक हतियार सम्पन्न मुलुक भएको दाबी गरेका छन्। 

उत्तर कोरियाले बुधबार गरेको  अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलले अमेरिकालाई पूर्ण रुपमा नष्ट गर्न सक्ने भएकाले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको उनको दाबी छ।

बुधबार उत्तर कोरियाले अहिले सम्मकै शक्तिशाली अन्तर महादेशीय ब्यालेस्टिक मिसाईल जापान माथि प्रहार गरेको थियो । संयुक्त राष्ट्रसंघ , अमेरिका तथा विश्व समुदायकै आलोचनाका बावजूद पनि उत्तर कोरियाले बुधबार जापानमाथि सफल रुपमा मिसाईल प्रहार गरेको थियो। 

अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण पश्चात् आणविक हतियार सम्पन्न मुलुकको पहिलो सूचीमा  उत्तर कोरिया परेको उनको  दाबी थियो।  

उक्त मिसाइलको तुलनामा अमेरिकाको जुनसुकै मिसाइल पनि कम शक्तिशाली भएको दाबी किमले गरेका छन् । 
उत्तर कोरियाले गरेको मिसाइल परीक्षणलाई संयुक्त राष्ट्रसंघले कडा शब्दमा आलोचना गरेको छ । उत्तर कोरियाको मिसाइल परीक्षणले विश्व शान्तिको पूर्णरुपमा अपमान गरेको संयुक्त राष्ट्रसंघले जारी गरेको एक विज्ञप्तीमा उल्लेख गरिएको छ । 
लगातार रुपमा उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले विश्व शान्तिमा बाधा पुगेको छ । यसले विश्वमा हतियारको होडबाजी बढ्दै जाने देखिन्छ। 

मिसाइल परीक्षणले अमेरिका लगायत उसका गठबन्धन मुलुकहरूलाई कडा चुनौती दिएको छ। 
उक्त मिसाइलले सी अफ जापानमा खस्नु अघि करिब एक हजार किलोमिटर दूरी तय गरेको थियो। 

करिब २ महिना पछि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो। मिसाइल उत्तर कोरियाको  दक्षिण प्रान्तमा पर्ने प्योङयानको पूर्वी क्षेत्रबाट प्रहार गरिएको थियो। 

उत्तर कोरियाको आणविक कार्यक्रम माथि रोक लगाउन चीनले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। 

प्रकाशित: १४ मंसिर २०७४ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App