८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका विभिन्न राज्यमा देखिन थाल्यो 'निपाह' भाइरस

भारतका विभिन्न राज्यमा निपाह भाइरस देखिएपछि एलर्ट जारी गरिएको छ। दक्षिण भारतको केरला राज्यमा देखिएको निपाह भाइरसको जोखिम बढेपछि पश्चिम बङ्गाल र राजस्थानमा सरकारले एलर्ट जारी गरेको हो।

पश्चिम बङ्गालमा एकजना पुरुषमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएको छ। निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि ती व्यक्तिलाई कोलकाताको बेलियाघाटा आईडी अस्पतालमा भर्ना गरिएको छ।  

सङ्क्रमण पुष्टि भएका ती व्यक्ति केरलाको रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। उनमा उच्च ज्वरो र घाँटीमा सङ्क्रमण जस्ता लक्षण देखिएको थियो।  

यस्तै राजस्थानमा पनि निपाह भाइरसको जोखिम बढेपछि राज्य सरकारले एलर्ट जारी गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ। हालसम्म निपाह भाइरसका कारण भारतमा यो वर्ष २ जनाको मृत्यु भइसकेको छ भने २० जनाभन्दा बढी सङ्क्रमित भएका छन्।  

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म निपाह भाइरसको कुनै ठोस खोपको विकास भएको छैन। साथै निपाह भाइरसको सङ्क्रमण इन्सेफ्लाइटिससँग सम्बन्धित भएको हुँद यसले दिमागलाई नोक्सानी गर्ने पनि सङ्गठनले चेतावनी दिएको छ।

एनआईभी नाम गरिएको यो भाइरसबारे सबैभन्दा पहिले मलेसियामा सन् १९९८ मा पत्ता लागेको थियो।  

यसैबीच, नेपाल सरकारले भारतमा निपाह भाइरसको सङ्क्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।  

भारतमा सङ्क्रमण बढ्दै गर्दा नेपालमा पनि भित्रिन सक्ने जोखिम उच्च हुने भएकाले सरकारले पूर्व तयारी अवस्थामा रहन सबै निकायलाई आग्रह गरेको हो।  

प्रकाशित: ७ आश्विन २०८० ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App