५ आश्विन २०७७ सोमबार
अन्तर्राष्ट्रिय

क्याटालोनिया छुट्टिने जनमत संग्रह असंवैधानिक: स्पेन

बार्सेलोना- स्पेनबाट अलग्गिनका लागि भन्दै क्याटालोनिया सरकारले आइतबार गराएको जनमत संग्रहमा आफूहरुले सो देशबाट छुट्टिएर अलग्गै र स्वतन्त्र राष्ट्रका रुपमा रहन पाउने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताहरुले जनाएका छन्।

क्याटालोनियाका नेता चाल्र्स पुजमोनले आफूहरुले स्वतन्त्र राष्ट्र निर्माणका लागि जनमत प्राप्त गरेको दाबी गर्नुभएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेको पछिल्लो समाचारमा उल्लेख गरिएको छ । खसेको मतमध्येमा करिब ९० प्रतिशतले स्पेनबाट अलग्गिनुपर्ने पक्षमा मत दिएका क्याटालोनिया सरकारको दाबी छ।

सोमबार बार्सिलोनामा सम्बोधन गर्दै क्षेत्रीय सरकारका प्रमुख कारलस पूजमोनले सो दाबी गरे।। उनले क्याटालोनियाली जनताले आफ्नो अलग्गै राष्ट्र बनाउने अधिकार प्राप्त गरेको बताए।

उनले सो जनमत संग्रहको नतिजा कानून निर्माणका लागि अब संसद्लाई पठाइने पनि जानकारी दिए। उले सो मतमाथि कानून बमोजिम काम होस् भनी आग्रह पनि गरे।

तर सो जनमत संग्रहलाई स्पेन सरकारले भने मान्यता दिएको छैन । जम्मा ४० प्रतिशतमात्र मत खसेको निर्वाचनलाई वैध नमान्ने सरकारले जनाएको छ ।

आइतबार पनि स्पेनको प्रहरीले मतदान केन्द्रलाई नियन्त्रणमा लिई मतदान गर्न दिएको थिएन । त्यस क्रममा पनि भिडन्त भएको बताइएको थियो । रासस/एएफपी
 

 

प्रकाशित: १६ आश्विन २०७४ १५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App