१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

किन्सासा, असोज १४ : कंगो राष्ट्रिय सेनाको कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ । 

सेनाको सो जहाज कार्गाे लिएर गएको थियो । उक्त विमान राजधानी किन्सासाबाट कामेलीतर्फ लागेको थियो । तर जहाजमा प्राविधिक समस्या देखा परेकोले कामेली जान नसही बिमान राजधानीतर्फ नै फर्केको थियो । दुर्भाग्यबस राजधानी किन्सासा पुग्नुभन्दा केही समयमात्र अघि जहाज दुर्घटनामा परेको छ । राजधानी किन्सासा पुग्न करिब  सय किलोमीटर बाँकी रहँदा सो विमान खेतमा खसेको थियो । 

प्रकाशित: १४ आश्विन २०७४ १६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App