१९ श्रावण २०७७ सोमबार
अन्तर्राष्ट्रिय

थाई पूर्व प्रधानमन्त्री सिनावात्रालाई पाँच वर्ष जेल सजाय

बैंकक, असोज ११ – थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ । लामो समयको सुनुवाईपछि बुधबार थाइल्याण्डको सर्वोच्च अदालत उनलाई भ्रष्टाचारको आरोपीमान्दै पाँच वर्षको सजाय सुनाएको थियो ।
चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रिया बमोजिम अनुसन्धान भइरहेको थियो । उनले आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । सन् २०११ मा भएको आम चुनावमा यिङलक अत्यधिक मतका साथ विजयी भई प्रधानमन्त्री बनेकी थिइन् । 
 

प्रकाशित: ११ आश्विन २०७४ २१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App