१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘भारतमा अर्काे वर्षसम्म सबैको घरमा बिजुली’

नयाँ दिल्ली, असोज १० (एजेन्सी)–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताएका छन् ।  प्रधानमन्त्री मोदीले यससम्बन्धी कार्यक्रमको मंगलबार घोषणा गरेका हुन् । आगामी बर्षको अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली बत्ती पुगिसक्ने मोदीले आश्वासन दिएका छन् ।

भारतमा बिजुली बत्ती नपाएका ४ करोडभन्दा बढी घरमा अबको बढीमा १५ महिनाभित्रमा बिजुली पुग्ने योजना भारतीय सरकारले ल्याएको छ ।

यसका लागि भारत सरकारले मंगलबार एक नयाँ आयोजनाको पनि घोषणा गरेको छ । उक्त आयोजना साढे दुई अर्ब अमेरिकी डलर बराबरको भएको बताइएको छ । यसबाट भारतका बाँकी रहेका घरधुरीमा अब बिजुली बत्ती पुग्ने अनुमान गरिएको छ । यस घोषणालाई कतिपय राजनीतिक विश्लेषकहरुले भने प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी कार्यक्रम पनि भनेका छन् ।

उनीहरुले भारतमा आगामी सन् २०१९ मा अर्थात् करिब डेढ बर्षपछि नै नयाँ आम निर्वाचनको समय आएकोले अबको निर्वाचनकै लागि उनले यो चुनावी कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।

भारतमा रहेको जम्मा २५ करोड घरधुरीमध्ये अझै पनि ४ करोड घरमा बिजुली छैन र यो कम्तीमा पनि २० प्रतिशत हुन आउँछ ।

प्रधानमन्त्री मोदीले मंगलबार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘भारतमा अझै पनि कम्तीमा २० प्रतिशत नागरिकका घरमा बिजुली पुगेको छैन । आगामी बर्षको अन्त्यसम्ममा सबैको घरमा बिजुली पुर्याइने छ ।’ ‘गाँउ होस् वा सहर, प्रत्येक घरमा आगामी बर्षको अन्त्यमा बिजुली पुग्नेछ । यसमा ढुक्क हुनुपर्छ,’ प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा  बताए ।

प्रकाशित: ११ आश्विन २०७४ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App