८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनमा ह्वाट्सएप प्रतिबन्ध

बेइजिङ, असोज १० (बिबिसी)– चीनमा म्यासेज सेवा प्रदायक ह्वाट्सएप प्रतिबन्ध गरिएको छ ।
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको अर्को महिना हुने बैठकको सुरक्षालाई लिएर सरकारले ह्वाट्सएपलाई प्रतिबन्ध गरेको बताइएको छ ।
ह्वाट्सएपका प्रयोगकर्ताहरुले एक साता भन्दा बढी समयदेखि सेवामा समस्या भोगिरहेका छन् । हालका लागि ह्वाट्सएप पूर्ण रुपमा प्रतिबन्ध गरिएको छ र अहिलेलाई भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) बाट मात्रै चलाउन मिल्ने बनाइएको छ । चीनमा फेसबुकका विभिन्न प्रोडक्टमध्ये ह्वाट्सएप मात्रै चलाउन दिइन्छ । चीनमा फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्रयोगमा कडाइका साथ प्रतिबन्ध गरिएको छ ।
चीनमा एक साताभन्दा अगाडिको समयदेखि ह्वाट्सएप म्यासेजिङ सेवा चल्न छोडेको बिबिसीले जनाएको छ । मंगलबार गरिएको एक परीक्षणमा ह्वाट्सएपका प्रयोगकर्ताले चीन बारिह रहेका मानिसलाई भिडियो म्यासेज वा फोटो पठाउन सकेका थिएनन् । यसरी जुलाई महिनामा पनि ह्वाट्सएपमा अवरोध सिर्जना गरिएको थियो जुन पछि हटाइएको थियो । अनलाइन सेवामा यसरी कडाइ गरिनुका पछाडि प्रत्येक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको सुरक्षाका लागि गरिएको बताइएको छ । तर पनि ह्वाट्सएपमा किन प्रतिबन्ध लगाइयो भन्ने विषयमा अझै प्रष्ट नभइसकेको बताइएको छ । चीनमा आफ्नो सेवा बन्द गराइएको बारे ह्वाट्सएपले भने केही प्रतिक्रिया दिएको छैन । गत साता चीनमा ‘के ह्वाट्सएप प्रतिबन्ध भएको हो?’ भन्ने हल्ला सामाजिक सञ्जालमा चलेको थियो । र त्यसको जवाफमा भिपिएन प्रयोग गर भन्ने उत्तर आउने गरेको थियो । त्यसपछि भिपिएन पनि बन्द भएको थियो ।

 

प्रकाशित: ११ आश्विन २०७४ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App