६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

बङ्गलादेशमा रोहिंग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध

ढाका – बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनेको छ। 

बङ्गलादेशमा रहेका करिब चार लाख ३० हजार रोहिङ्ग्या शरणाथीलाई मोबाइल सेवा दिएमा दूरसञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ। 

केही समयका लागि रोहिङ्ग्या शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्, सञ्चारमन्त्रालयका उच्च अधिकारी इनायत हुसेनले एएफ्पीसँग आइतबार बताए। 

शनिबार सुरक्षाको कारण देखाउदै सरकारले तत्कालका लागि मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन गरेको छ। 

बङ्गलादेशले यस पहिले नै आधिकारिक परिचय विना सिम कार्ड आफ्नै नागरिकलाईसमेत नदिन निर्देशन गरिसकेको छ। 

हामीले रोहिङ्ग्या शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको हुसेनले बताए। 

प्रकाशित: ८ आश्विन २०७४ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App