१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

पटाका कारखानामा विस्फोट हुँदा सातको मृत्यु

नान्चाङ्ग – पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ। 

सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार कारखानालाई उत्पादन स्थगीत गर्न कडा निर्देशन दिइएको छ। 

कारखानाको उत्पादन प्रक्रियामा अनगिन्ति त्रुटीहरु भेटिएकाले सुरक्षाको दृष्टिले उत्पादन स्थगीत गर्न हिजै आदेश दिइएता पनि कारखानाले शुक्रबार अबेरसम्म आफ्नो उत्पादन प्रक्रिया रोकेको थिएन। 

कारखानामा के कसरी बिस्फोटको घटना भयो यस बारे अनुसन्धान भई रहेको जनाइएको छ। 

प्रकाशित: ७ आश्विन २०७४ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App