७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

रेष्टुरेन्टमा आक्रमण हुँदा ६० को मृत्यु

बग्दाद–इराकको एक रेष्टुरेन्टमा आत्मघाती आक्रमण हुँदा ६० जनाको ज्यान गएको छ। आइएस नासिरीयाको एक रेष्टुरेटमा आत्मघाती  बम हमला गरेको थियो। उक्त घटनामा ६० जना घाइते भएका छन्।

हमलावारहरूले सेनाको चोरेको गाडी प्रयोग गरेका थिए।  घाइतेहरूको  अवस्था गम्भीर भएको हुनाले मृत्तक  संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। 

रेष्टुरेन्टमा अत्याधिक भीड भएको समयमा आइएसले आत्मघाती आक्रमण गरेका थिए।  

पछिल्लो समय विद्रोही समूह आइएसका कार्यकर्ताहरूले सरकार विरोधी विभिन्न कार्यहरू गर्दै आइरहेका छन्। 

यस आक्रमणको लगतै आक्रमणकारीहरूले एक सुरक्षा पोष्टमा समेत बम विष्फोट गराउँदा एक कार ध्वत भएको छ। 

 

 

प्रकाशित: ३० भाद्र २०७४ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App