coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा आइएसका १८ लडाकू मारिए

काबुल – अफगानिस्तानको फर्याब प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा १८ जना लडाकू मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।
 
मारिएकामा आइएस संगठन आवद्ध लडाकू परेका प्राप्त समाचारमा जनाइएको छ। सो क्षेत्रमा आइएसका क्रियाकलापहरु बढ्दो रुपमा रहेको पाइएको सूचनाका आधारमा अफगान सेनाले कारबाही थालेको थियो। 
बिहीबार बिहान गरिएको उक्त कारबाहीका क्रममा ती लडाकू मारिएको अफगानिस्तानको गृह मन्त्रालयले जानकारी दिएको छ। 

कैयौँ विस्फोटक पदार्थ निष्क्रिय 

यसैबीच प्राप्त एक अर्को समाचारमा गत २४ घण्टामा अफगान सैनिकले गरेको सैन्य कारबाहीमा ९० वटा बारुदी सुरुङ्ग र विस्फोट पदार्थ निष्क्रिय पारिएको अफागान गृह मन्त्रालययले बिहीबार जनाएको छ। 

अफगान राष्ट्रिय सैनिकको एक समूहले गत २४ घण्टाभित्र अफगानिस्तानमा गरेको कारबाहीमा बारुदी सुरुङ्ग, सडककिनारमा राखिएका बमलगायतका ९० वटा विस्फोटक पदार्थ निष्क्रिय पारिएको छ। 

अफगानिस्तानमा जारी द्वन्द्वको कारण यस बर्षको सुरुदेखि ६ महिनाभित्र १ हजार ६६० व्यक्तिको मृत्यु हुनुको साथै ३ हजार ५८० व्यक्ति घाइते भएका अमेरिकाको लागि संयुक्त राष्ट्रसंघीय मिसनले जानकारी दिएको छ। 

प्रकाशित: २२ भाद्र २०७४ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App