७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पाकिस्तानमा वर्षाका कारण १६४ को मृत्यु

इस्लामावाद – पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाजन्य दुर्घटनाका कारण करिब १६४ व्यक्तिको मृत्यु भएको समाचार छ।

यस वर्षको सुरुदेखि जुनको अन्त्यसम्ममा पाकिस्तानभर भएका वर्षासँग सम्बन्धित घटनामा १६४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६७ घाइते भएका छन् । 

यस घटनमा परी ४४० घर ध्वस्त भएको पाकिस्तान प्रकोप व्यवस्थापन (एनडिएमए) का अधिकारीहरुले बुधबार जानकारी दिएका छन। 

पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध र पूर्वी प्रान्त पञ्जाव यस प्रकोपबाट बढी मात्रामा प्रभावित भएको बताइएको छ। 
ती प्रान्तहरुमा जुन महिनाको अन्तिम हप्तामा मात्र ३८ व्यक्ति हताहत भएका एनडिएमएले जनाएको छ । यस अबिरल बर्षाको कारण सयौँ व्यक्ति घरवारबिहिन भएका र कैयौलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ। 

एनडिएमए र प्रान्तीय सरकारको संयुक्त प्रयासमा प्रभावित इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ। 
एडिएमएका अनुसार सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराचीमा फसेका व्यक्तिहरुलाई उद्धार गर्न तीनवटा डुंगा समेत पठाइएको बताएको छ। 

पास्तिानमा हरेक वर्ष जुन महिनामा मनसुनी वर्षा सुरु हुने र सामान्यतया यसको अन्त्य सेप्टेम्बरमा हुने गरेको छ। यस समयावधिमा विभिन्न इलाकामा भारी बर्षा हुने र यसबाट बाढीको प्रकोपले सताउने गरेको छ। 

सन् २०१० मा भारी वर्षापछि आएको भीषण बाढीको कारण खैबर पाख्तुनख्वा, पञ्जाव र सिन्ध प्रान्तमा १ हजार ५४० व्यक्तिको मृत्यु भएको थियो। 

सो बाढीका कारण ५ लाख ५७ हजार घर ध्वस्त भएका र ६० लाख व्यक्ति विस्थापित भएका थिए। 

प्रकाशित: २२ भाद्र २०७४ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App