१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

बार्सिलोनामा घाइते भएका मध्ये २५ जना फ्रान्सेली

पेरिस – स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलामा परी घाइते भएकामध्ये २६ जना फ्रान्सेली नागरिक रहेका छन्। 

फ्रान्सेली विदेशमन्त्री जेएन भेसले ड्रिआनले शुक्रबार सो जानकारी दिएको प्राप्त समाचारमा उल्लेख छ। 

घाइते भएका फ्रान्सेली नागरिकमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि उले जानकारी दिएका छन्। 

यस हमलामा परी १३ व्यक्तिको ज्यान जानुका साथै करिब १०० जना गम्भीररुपमा घाइते भएका छन्। 

यद्यपि गृहमन्त्री जेरार्द कोल्लोम्बले आरटिएल रेडियोलाई दिएको जानकारीअनुसार गम्भीर घाइतेहरुको सङ्ख्या १७ हुन सक्ने अनुमान गरिएको छ। 

स्पेनका गृहमन्त्रीले यो आतङ्ककारी हमला भएको पुष्टि गर्दै आक्रमणकारीको खोजी भइरहेको बताए। 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यस भयंकर आक्रमणपछि फ्रान्स र स्पेन एक भएको बताएका छन्। 

हिजो भएको यस आक्रमणमा परी फ्रान्स, इटाली, भेनेजुएला, अष्ट्रेलिया, पेरु, अल्जेरिया र चीनका नागरिक मारिनुका साथै घाइते भएका छन्। 

प्रकाशित: २ भाद्र २०७४ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App