coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो

बेइजिङ – मंगलबार साँझ चीनको सिचुआन र गान्सु प्रान्तमा गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २० पुगेको छ  भने ४३१ जना घाइते भएका छन्। 

घाइतेहरू मध्ये १८ जनाको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। 

ग्रामीण क्षेत्र सिचुआन प्रान्तका अधिकारीहरूका अनुसार मंगलबार साँझ ७ रेक्टर स्केलको भूकम्प गएको थियो । विस्थापित जनसंख्यालाई सुरक्षित स्थानमा अस्थाई बसोबासका व्यवस्था मिलाएको सिचुआनको आकस्मिक सेवा कार्यालयले बताएको छ। 

५० हजार भन्दा बढी पर्यटकहरू तथा १२६ जना विदेशीहरू भूकम्पको शिकार बनेका छन्। 

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार टोली खटाइएको सरकारले बताएको छ। 

प्रकाशित: २६ श्रावण २०७४ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App