८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी सेनामा तेस्रो लिंगीलाई प्रतिबन्ध लगाइने

वासिङ्टन- अमेरिकी सेनामा तेस्रो लिंगीको प्रवेशलाई रोक लगाइने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी मानिसले देशको सेनामा कुनैपनि क्षमताको कार्य गर्न नसक्ने बताएका छन्। उनले आफूले सैन्य विज्ञसँग सल्लाह गरेपछि तेस्रो लिंगीका लागि उल्लेख्य मात्रामा स्वास्थ्य खर्च र अवरोध रहेको जानकारी पाएको बुधबार टि्वट गरेका छन्।

आफ्नो कार्यकालको अन्तिम वर्ष सन् २०१६ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले खुला रुपमा तेस्रो लिंगी नागरिकलाई देशको सैनिक सेवामा कार्य गर्नसक्ने निर्णय गरेका थिए। तर यस वर्षकै जुन महिनामा अमेरिकाको रक्षा मन्त्रालयका सचिव जेम्स म्याटिस अमेरिकी सैन्य फौजमा तेस्रो लिंगीलाई भर्ना गर्ने विषयमा छ महिना लम्ब्याउन मञ्जुर भएका थिए।

तेस्रो लिंगी नागरिकलाई देशको सम्पूर्ण सेवामा प्रवेश गर्न दिने विषयको केही रिपब्लिकन सिनेटरले विरोध गरेका थिए। 'द इन्डिपेन्डेन्ट र्‍यान्ड कर्पोरेशन' नामक एक संस्थाले गरेको एक अनुमानित विवरण अनुसार सन् २०१६ मा अमेरिकी सेनामा रहेका करिब १२ लाख सक्रिय सेनामध्ये दुई हजार चार सय ५० जना तेस्रो लिंगी रहेको विवरण सार्वजनिक गरिएको थियो। 'अमेरिकी सेनाका जनरल र सैन्य विज्ञसँगको सल्लाहपछि संयुक्त राज्य अमेरिकाले तेस्रो लिंगी व्यक्तिलाई अमेरिकी सेनाको कुनैपनि प्रकारको जिम्मेवारीमा नलिने भएको छ,' शृंखलाबद्ध रुपमा टि्वट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले भने।

'हाम्रो सेना निश्चित र साहसिक जितका लागि केन्द्रीत हुनुपर्छ। तसर्थ अमेरिकी सेनामा रहेका तेस्रो लिंगीका कारण हुने अनावश्यक खर्च र अवरोध सहन सक्दैन,' राष्ट्रपति ट्रम्पले लेखेको टि्वटमा जनाइएको छ।

अमेरिकी सेनामा समलिंगी महिला र पुरुषलाई खुला रुपमा गरिने प्रतिबन्ध 'डन्ट आक्स, डन्ट टेल' सन् २०११ मा हटाइएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णयले सन् २०११ अगाडिको अवस्थामा पुर्‍याएको जेन्डर र सेक्सुआलिटी अध्ययन गर्ने अमेरिकी संस्था पाल्म सेन्टरका निर्देशक आरोन बेल्किनले बिबिसीलाई बताए। 'डन्ट आक्स, डन्ट टेल' अमेरिकी सैन्य संरचनामा लगभग दुई दशक हानी पुर्‍याएको नीति थियो,' उनले बताए।

प्रकाशित: १२ श्रावण २०७४ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App