६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

मुम्बईमा भत्किएको भवनमा परी सत्र जनाकाे मृत्यु

मुम्बई –  भारतको एक ठूलो सहर मुम्बइको उत्तरतर्फ मङ्गलबार भत्किएको एक पाँच तले भवनमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । 

उद्वारकर्मीहरुले उद्वारको कार्य जारी नै राखेका छन् । उनीहरुले बुधबार बिहानसम्म भत्किएको भवनको भग्नावशेषबाट १७ व्यक्तिको शव निकालेका बताएका छन् । 

मुम्बईको विपद व्यवस्थापन सम्बन्धी कार्यालयका प्रवक्ता तनाजी काम्बलेले भने– १७ जनाको शव निकालिएको छ र अरु २८ जनालाई जिवीतै उद्वार गरी निकालिएको छ। 

भत्किएको घरको भग्नाबशेषबाट निकालिएका २८ जनामध्ये अधिकांशको अवस्था गम्भीर छ । गम्भीर घाइते र अचेत अवस्थामा रहेका उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ । 

उक्त घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको अनुमानका आधारमा मङ्गलबार बिहान सो दुर्घटना भएदेखि नै उद्वारकार्य तिब्र बनाइएको थियो । उनीहरूको उद्वारका लागि आवश्यक प्रयास जारी राखिएको प्रकोप व्यवस्थापन विभाग मुम्बईले बताउदै आएको छ। 

मुम्बईको अग्नि नियन्त्रण कार्यायलका एक अधिकारी पि रहाङदेलका अनुसार यस दुर्घटनाको उद्वारकार्य मङ्गलबारदेखि बुधबार बिहानसम्म निरन्तर रहेको र जिवीतै उद्वारको आशमा उद्वारकर्मीहरु निकै खटेका थिए। 

भारतमा यसरी भवन भत्किएर हुने दुर्घटना पछिल्लो समय सामान्यजस्तै बन्दै गएको छ । भारतको भौतिक संरचना निर्माण विज्ञले भवन बनाउने क्रममा भवन निर्माण नियमलाई पालना नगर्नुका साथै गुणस्तरीय सामग्रीको कम प्रयोगका कारण भवन भत्किने गरेका बताएका छन्। 

भारतको मुम्बई सहरमै सन् २०१३ र २०१५ मा समेत भवन भत्किएर ७० जना भन्दा बढीको ज्यान गएको थियो । सरकारले यस्ता दुर्घटनाहरुको अनुसन्धान गरी कारबाही गर्न आदेश दिने गरेको भए पनि पुराना भवनहरुका कारण यहाँ बारम्बार यस्तो दुर्घटना हुने गरेको छ । 

प्रकाशित: ११ श्रावण २०७४ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App