७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान

तेहरान –  इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ । 

इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो । 

मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुगेका थिए। 

इश्लामीक गणतन्त्रात्मक मुलुकका लागि राष्ट्रपतिय निर्वाचन निकै महत्वपूर्ण हुने भएकाले निर्वाचनमा जनताले ध्यान दिनुपर्ने सर्वोच्च नेता खामेनी टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको क्रममा भने । 

प्रकाशित: ५ जेष्ठ २०७४ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App