coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा ५.५  रेक्टरको भूकम्प, ८ को मृत्यु, २३ घाइते

चीन – चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । 

स्थानीय समयानुसार बिहीबार बिहान ५ः५८ बजे ५.५ म्याग्नीच्युडको भूकम्प महसूस गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् 

भूकम्पबाट १२ हजार व्यक्ति प्रभावित भएका र असुरक्षित स्थानमा रहेका मध्ये झण्डै ९ हजार २ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

भूकम्पमा परी घाइते भएका सवैलाई उपचारका लागि अस्पतालमा लगिएको छ । भूकम्प प्रभावित क्षेत्रमा करिव एक हजार सैनिक र प्रहरी तथा १५ सय जना स्वयमसेवकहरु उद्धारका लागि क्रियाशिल रहेका छन् । 

भूकम्प पीडितहरुका लागि सहयोग सामग्रीहरु घटनास्थलमा पुर्याइएको आपत्कालिन उद्धार केन्द्रीय कार्यालयले जनाएको छ।

भूकम्प प्रभावित क्षेत्रका घरहरुको पर्खाल चर्किएको देखिएको छ । भूकम्पको केन्द्रविन्दु भएको ठाँउमा क्षतविक्षत भएर भत्कीएका घरहरु हटाउने कार्य भएको छ । 

प्रकाशित: २८ वैशाख २०७४ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App