१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

आगलागीमा परी चारको मृत्यु पाँच घाइते

नयाँदिल्ली – दक्षिण भारतीय राज्य तामिल नाडू प्रान्तीय राजधानी चेन्नाइमा अवस्थित एक आवासीय भवनमा सोमबार भएको आगलागीमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । 

यस आगलागीमा परी अन्य पाँचजना घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

यस आगलागीमा परी मारिएकामा दुईजना बालबालिकासमेत रहेको जनाइएको छ । यस अपार्टमेन्ट परिसरमा रहेका करिब १५ वटा सवारी साधन पनि यस आगलागीमा परेको अधिकारीले जानकारी दिएका छन् । 

यस आगलागीमा परी घाइते भएका व्यक्तिलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । आगलागीको कारण अनुसन्धानरत रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । 

प्रकाशित: २५ वैशाख २०७४ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App