८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री चीनमा

दुई देशबिचको सम्बन्धलाई स्थिर पार्ने उद्देश्यले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन चीन पुगेका छन्। आइतबार उनले चीनका विदेशमन्त्री किन गांगसँग भेटेको बिबिसीले जनाएको छ।

पछिल्ला वर्षमा दुई देशबिचको तनाब बढ्दै गरेको सन्दर्भमा झन्डै ५ वर्षपछि उच्च अमेरिकी कूटनीतिज्ञले पहिलो पटक चीन भ्रमण गरेका हुन्। झन्डै ५ महिनाअघि तय भएको ब्लिङ्कनको भ्रमण अमेरिकी आकाशमा एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको उडानपछि स्थगित गरिएको थियो।

यो भ्रमणबाट तत्काल ठुलो उपलब्धि हुने अपेक्षा नभए पनि भ्रमणले उच्चस्तरीय वार्ताको ढोका खोल्न र बलुन कान्ड पछिको तनावपूर्ण सम्बन्धलाई मत्थर पार्ने उद्देश्य लिएको अमेरिकी अधिकारीले बताएका छन्।

दुई देशबिच युक्रेन युद्ध, कम्प्युटर प्रविधिलाई लिएर उत्पन्न व्यापार विवाद, चिनियाँ मानव अधिकारलगायत विषयमा पनि छलफल हुने अपेक्षा छ। चिनियाँ अधिकारीहरूले अमेरिकी विदेशमन्त्रीको भ्रमणप्रति सावधानीपूर्वक प्रतिक्रिया व्यक्त गरेका छन् र अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासमा इमानदार छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुने बताएका छन्।

ब्लिङ्कन सन् जनवरी २०२१ मा राष्ट्रपति जो बाइडनले पद सम्हालेयता चीन भ्रमण गर्ने उच्च अमेरिकी अधिकारी हुन्।

प्रकाशित: ६ असार २०८० ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App