८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

छोरी मारेको दृश्य फेसबुकबाट लाइभ

बैकक–थाइल्यान्डका एक मानिसले आफ्नै छोरी मारेको प्रत्यक्ष भिडियो फेसबुक लाईभ मार्फत सार्वजनिक गरेका छन्। थाई प्रहरीका अनुसार उनले आफ्नै छोरी मार्दै गरेको भिडियो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेका थिए। छोरी मारेपछि उक्त मानिसले पनि आत्महत्या गरेको थाई प्रहरीको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

 फेसबुकले उक्त त्रासदिपूर्ण घटनालाई लिएर शोकसन्तप्त परिवारमा श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै फेसबुकले उक्त भिडियो हटाएको जानकारी पनि दिएको छ।

श्रीमतीसँग झगडा परेपछि २१ वर्षे उक्त मानिसले फुकेटमा रहेको एउटा होटलमा आफ्नी छोरीलाई झुण्डाएका थिए र पछि आफू पनि आत्महत्या गरेका थिए। फेसबुकले उक्त त्रासदिपूर्ण घटनालाई लिएर शोकसन्तप्त परिवारमा श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै फेसबुकले उक्त भिडियो हटाएको जानकारी पनि दिएको छ।

यसै महिना एक अमेरिकी नागरिकको हत्या गरेको दृश्य कयौं घन्टासम्म अनलाइन भएपछि फेसबुकले आफ्नो विशेष सुविधा ‘लाईभ’ मा यस्ता खालको समाग्री हटाउन थालेको छ।

ती व्यक्तिका आफन्तले यस्तो खालको दृश्य फेसबुक पेजमा देखेपछि प्रहरीलाई खबर गरेको थिए तर प्रहरी प्रशासन ढिला आइपुगेकाले ती व्यक्ति र उनकी छोरीको ज्यान जोगाउन सकेन। 

फेसबुकमा पोस्ट गरिएको भिडियोमा उक्त मानिसले कौशीबाट आफ्नी छोरीलाई फ्याँक्नु पूर्व उनको घाँटीमा गाँठो कस्दै गरेको देखिएको थियो।

 

 

प्रकाशित: १३ वैशाख २०७४ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App