१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

फ्रान्सको राष्ट्रपतिका लागि मतदान सुरु

पेरिस – फ्रान्सको नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान कार्य सुरु भएको छ । 

अहिले प्रतिश्पर्धामा रहेका ११ जना उम्मेदवारहरू मध्ये बढी मत ल्याउने २ जनाका बीचमा दोस्रो चरणको प्रतिश्पर्धा हुने छ । कसैले पनि स्पष्ट बहुमत ल्याउने नदेखिएकाले दोस्रो चरणको मतदान मे ७ तारिखका दिन गर्ने यसअघि नै तय भईसकेको छ। 

विभिन्न सर्वेक्षणहरुले न्याश्नल फ्रन्टकी नेतृ मारिने ले पेन र अर्का उम्मेदबार इमानुएल माक्रोनकाबीच प्रप्रतिस्पर्धा हुने देखाएका छन् । 

स्थानीय समय अनुसार विहान ८ बजे देखि बेलुका ८ बजे सम्म मतदानका लागि समय निर्धारण गरिएको छ । झण्डै ४ करोड ७० लाख नागरिकले मतदान गर्ने जनाइएको छ । 

निर्वाचनका लागि सवैतिर सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले बताएका छन् । मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७ हजार सैनिक परिचालन गरिएको जनाइएको छ । 

प्रकाशित: १० वैशाख २०७४ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App