१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

हौस्टन – अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस निमोनिया भएपछि अस्पतालमा भर्ना भएका छन् । 

९२ वर्षीय पर्वराष्ट्रपति बुसलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको उनको एक जना प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् । 

उनी गत शुक्रबार अस्पतालमा भर्ना भएको बताइएको छ । उनको स्वास्थ्य अवस्था सुधारका लागि थप आराम गर्न चिकित्सकले सुझाव दिएको परिबारका सदस्यहरुले बताएका छन् । 

उनका प्रवक्ताले पूर्वराष्ट्रपति बुसको स्वास्थ्य अवस्थामा सुधार आइसकेको पनि जानकारी दिए । 

यसअघि गत जनवरीमा पनि स्वासप्रस्वासमा समस्या भएपछि उनलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको थियो । 

सन् १९२४ मा जन्मिएका उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ औं राष्ट्रपति बनेका थिए ।  

प्रकाशित: ६ वैशाख २०७४ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App