१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

बिवाह गर्न सन्तान हुनै पर्ने अनौठो चलन

नयाँ दिल्ली-   नेपाली समाजमा विवाह पूर्व बच्चा जन्माउनुलाई गैरकानुनी मानिन्छ। तर छिमेकी देश भारतको राजस्थान तथा गुजरातको एक सम्प्रदायमा कुमारी आमाहरुले विवाह पूर्व नै बच्चा जन्माउनै पर्ने चलन रहेको छ।  

भारतको गुजरातमा बस्ने गरासिया समुदायमा बिहे अगाडी नै बच्चा जन्माउनु पर्ने चलन रहेको छ। यस समुदायमा बयस्क केटाकेटीहरु विवाह पूर्व नै लिभ इन टुगेदरका रुपमा बस्ने गर्छन्। जब महिला गर्भवती हुन्छिन् त्यस समयमा मात्र उनीहरु बीच विवाह गरिन्छ।

यसरी लिभ इन टुगेदरको रुपमा बस्दा उनीहरुले सन्तान उत्पादन गर्न सकेनन् भने त्यस्तो अवस्थामा उनीहरुको बिहे नहुने चलन रहेको छ। यस पछि बच्चा जन्माउनका लागि अर्को जोडी खोज्ने चलन समेत रहेको छ।

यसलाई दापा प्रथा पनि भन्ने गरिन्छ। जुन हजारौँ वर्ष पहिले देखि नै चलि आएको छ। यस समुदायमा प्रचलित एक मेलामा युवा युवतीहरुको सहभागिता हुने र त्यसबाटै विवाहको चाँजोपाँजो मिलाउने चलन रहेको छ। मेलामा युवा युवतीहरुले आफुलाई मन परेको मान्छे छनौट गरी लिभ इन टुगेदरको रुपमा बस्ने चलन पनि रहेको छ।

यसरी सँगै बस्न सुरु हुने यस समुदायमा उनीहरु बाट बच्चा जन्मियो भने उनीहरुको बिहे हुन्छ। तर बच्चा भएन भने उनीहरु एक आपसमा छुटिने चलन रहेको छ।

प्रकाशित: २८ चैत्र २०७३ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App