८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

गाम्बियाका राष्ट्रपतिद्वारा इजिप्ट भ्रमण रद्ध

लुसाका – गाम्बियाका राष्ट्रपति इड्गार लुंगुले इजिप्ट भ्रमण रद्ध गरेका छन् । 

इजिप्टको टान्टा र एलेक्जान्ड्रीयामा रहेका चर्चमा आईतबार भएका विस्फोटनका घटनामा परी धेरै जनाको मृत्यु भएकाले उनले सोमबार भ्रमण रद्ध गरेका थिए । 

साथै इजिप्टमा सोमबार मात्रै तीन महिने सङ्कटकाल लगाएको घोषणा गरिएकाले पनि उनको भ्रमण रद्ध गर्नुपरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीको निमन्त्रणमा गाम्बियाका राष्ट्रपति लुंगुले यसै हप्ता इजिप्टको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको थियो । 

राष्ट्रपतिका प्रवक्ता अमोस चाण्डाले सुरक्षा चुनौतीका कारण भ्रमण रद्ध गरिएको स्पष्ट पारेका छन्। 

आइतबार इस्लामिक स्टेट (आईएस)का लडाकुहरुले दुई ओटा चर्चहरुमा बम विस्फोट गराउँदा ४४ जनाको मृत्यु भएको छ । 

“पाम सन्डे” नामक पर्व मनाइरहेका बेला राजधानी कायरो नजिकै रहेका दुई ओटा चर्चमा बम विस्फोट गराइएको थियो । 

ईजिप्टमा भएको विस्फोटमा परी ठूलो सङ्ख्यामा मानवीय क्षती भएको प्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित: २८ चैत्र २०७३ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App