१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेजन मालिक बेजोस विश्वको दोस्रो धनी व्यक्ति बने

जेफ बेजोस

वासिंटन डिसी— प्रविधिको व्यापारमा अनुभवी अमेरिकी उद्योगपति जेफ बेजोस विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्। ग्लोबल इकमर्स कम्पनी अमेजन डट कम तथा वासिङ्टन पोष्ट पत्रिकाका मालिक उनले अम्नेसियो ओर्टेगा तथा वारेन बफेटलाई पछि पारेका हुन्।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्सअनुसार मिडिया मालिक समेत रहेका बेजोससँग ७५.६० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। यो रकम बफेटसँग भएको भन्दा ७० करोड डलर धेरै तथा ओर्टेगाभन्दा १.३० अर्ब डलर बढी भएको दाबी गरिएको छ।

हालै सार्वजनिक ब्लुम्बर्ग बिलेनियर इन्डेक्सले बेजोस विश्वको दोस्रो धनी व्यक्ति भएको तथ्य सार्वजनिक गरेको हो। पहिलो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन्। उनीसँग ८६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्सअनुसार मिडिया मालिक समेत रहेका बेजोससँग ७५.६० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। यो रकम बफेटसँग भएको भन्दा ७० करोड डलर धेरै तथा ओर्टेगाभन्दा १.३० अर्ब डलर बढी भएको दाबी गरिएको छ।

गत साता अमेजनले दुबईको इकमर्स कम्पनी सुक डट कमलाई खरिद गर्ने घोषणा गरेको थियो। योसँगै अमेजनको कूल लागत १.५० अर्ब डलरले बढेको हो। बेजोसले यो वर्ष आफ्नो सम्पत्तिमा १०.२० अर्ब डलरको वृद्धि गरेका छन्। डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि सेयर बजारमा आएको बढोत्तरीले अमेजनको सम्पत्ति सात अर्ब डलर बढेको थियो।

एक मार्चमा बफेटको सम्पत्ति बढेर ७९.६० अर्ब डलर पुगे पनि पछि ४.७० अर्ब डलर घट्दा अमेजन मालिक विश्वको दोस्रो धनी बन्न पुगेका हुन्।

प्रकाशित: २० चैत्र २०७३ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App