१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

बेलायती निर्णयप्रति इयू अध्यक्ष दुखी

लण्डन –  युरोपियन युनियन छाड्ने बेलायती निर्यणप्रति इयू अध्यक्ष डोनाल्ड टुस्कले दुःख व्यक्त गरेका छन् ।
इयू छोड्नका लागि बेलायतले दिएको पत्र पाएपछि युनियनका अध्यक्षले बेलायतको यस निर्णयले आफूहरूलाई मर्माहत्त तुल्याएको बताएका छन् ।
उनले इयुका अन्य सदस्य देशहरूलाई एकताबद्द हुनका लागि आग्रह समेत गरे । त्यसैगरी बेलायतले इयु छोड्नका लागि दिएको पत्र बारे प्रतिक्रिया दिदै जर्मन चान्सलर एंगेला मर्केलले एक बलियो तथा शक्तिशाली राष्ट्रलाई इयुबाट बिदा गर्नुपर्ने यस्तो पीडादायी दिन निकट भविष्यमा नआओस् भनेकी छिन् । कतिपय युरोपेली मुलुकहरूले बेलायतको यस निर्णय प्रति कडा आलोचना गर्दै बेलायतले युरोपेली मुलुकहरूसँग व्यापारिक सम्झौता समेत गर्न नचाहेको बताएका छन् । 
बेलायतले इयु छोड्का लागि औपचारिक रुपमा नै प्रकृया अगाडि बढाएको दिन नै युरोपेली सांसदका अध्यक्ष एन्टोनियो तायानिले दुई वर्षमा नै इयुको सम्झौता विपरित गएर इयु छोड्न नहुने भन्दै बेलायतलाई चेतावनी समेत दिएका थिए । बेलायती प्रधानमन्त्री टेरिजा मे ले भने बेलायत युरोपेली संघबाट बाहिरिए पनि उसले उपभोग गर्दै आएको व्यापारिक सेवा सुविधालाई भने निरन्तरता दिने भनेकी छिन् । 
उनले स्वतन्त्र रुपमा युरोपली बजारसँग व्यापार गर्न पाउनुपर्ने धारणा राखेकी छिन् । उनले इयुलाई लेखेको पत्रमा इयुसँगको मित्रता र युरोपेली मूल्यमान्यताको प्रशंसा गरेकी छिन् ।  
 

प्रकाशित: १७ चैत्र २०७३ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App