coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बस र ट्रक ठोक्किदा कम्तिमा १२ जनाको मृत्यु

होस्टन – अमेरिकाको टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । 

स्थानीय समयअनुसार मध्यरातको १२ः२० बजे टेक्सासको मध्यभागमा पर्ने सान एण्टोनियोदेखि १२० किलोमिटर पश्चिम तर्फ दुघटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

न्यु ब्रुन्फेल्सको फस्र्ट बप्टीस्ट चर्चबाट १४ जना यात्रु बोकेको चर्च बस चालक मात्रै रहेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । 

टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले घटनामा परी गंभिर घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । 

मृतकमध्ये ट्रकका चालकको पनि मृत्यु भएको हो की होइन भन्ने स्पष्ट भइसकेको छैन । 

टेक्सासका गभर्नर ग्रेग अब्बोटीले मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तप्रति सहानुभूति प्रकट गरेका छन्। 

दुःखद् घटनाको बारेमा सार्वजनिक सुरक्षा विभागले अध्ययन अनुसन्धान सुरु गरिसकेको जनाएको छ । 

दुर्घटनाको ठोस कारण अहिलेसम्म पनि स्पष्ट हुननसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । 

प्रकाशित: १७ चैत्र २०७३ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App