१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

भारतमा ६ नक्सलवादी मारिए

नयाँदिल्ली–भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा छ नक्सलवादीको मृत्यु भएको छ। छत्तिसगढको राइपुरदेखि ३५० किलोमिटर दक्षिणतर्फ पर्ने दन्तेवाडा जिल्लामा नक्सलवादी र प्रहरीबीचमा भएके दोहोरो गोली हानाहानमा र दुई प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।

छ नक्सलवादीको मृत्यु भएको छ र घाइते प्रहरीको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ,’ एक प्रहरी उच्च अधिकारीको भनाइ उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

‘आज घाइते भएका मध्ये छ नक्सलवादीको मृत्यु भएको छ र घाइते प्रहरीको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ,’ एक प्रहरी उच्च अधिकारीको भनाइ उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। उनले त्यस क्षेत्रमा प्रहरीले खोजी अभियान चलाएको पनि जानकारी दिएका छन्।

भारतका विभिन्न ठाउँमा हिंसात्मक गतिविधि र विद्रोह गरिरहेका नक्सलवादीलाई माओवादी पनि भन्ने गरिन्छ । पश्चिमी बंगाल राज्यको नक्सलबारी गाँउबाट सन् १९६७ मा विद्रोही र हिंसात्मक गतिविधि सुरु भएको थियो । अहिले मध्य र पूर्वी भारतका धेरै जिल्लाहरुमा माओवादी गतिविधि संचालनमा रहिरहेको छ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले नक्सलवादीको गतिविधिलाई भारतको सबैभन्दा ठूलो आन्तरिक सुरक्षा चुनौतीका रुपमा व्यख्या गरेका थिए ।

गत हप्ता मात्रै पनि भारतको सुकम जिल्लमा नक्सलवादीले थापेका एम्बुसमा परी १२ प्रहरी मारिएका थिए।

प्रकाशित: ७ चैत्र २०७३ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App