१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

भारतको सत्तारुढ पार्टीद्धारा मणिपुरमा सरकार गठन

नयाँदिल्ली – भारतको उत्तरपूर्वी क्षेत्रमा पर्ने मणिपुर राज्यमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नयाँ सरकार गठन गरेको छ । 
भारतीय जनता पार्टीका स्थानीय नेता एन विरेन सिंह सो प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 
सो राज्यका गभर्नर नाज्मा हेप्तुल्लाले उनलाई सरकारी कार्यालय राजभवनस्थित गोपनीयताको सपथग्रहण गराएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 
हालै भएको प्रदेशको निर्वाचनमा कुनैपनि राजनीतिक पार्टीहरुले स्पष्ट बहुमत ल्याएका छैनन् । 
मणिपुर राज्यमा संसदको कुल ६० सिट मध्ये निर्वाचनबाट काँग्रेसले २८ सिट जितेर सवै भन्दा ठूलो पार्टी भएको छ भने भारतीय जनता पार्टीले २१ सिट जितेको छ दोस्रो ठूलो भएपनि भाजपाले अन्य पार्टीहरुसँग मिलेर सरकार गठन गरेको हो । 
गत मङ्गलबार मात्रै पश्चिमी राज्य गोवाको मुख्य मन्त्रीमा मनोहर पर्रिकार नियुक्त भएका थिए । गोवामा पनि भारजपाले नै अन्य दलहरुसँग मिलेर सरकार बनाएको छ । 
आफ्नो कार्यकाल सकिएका पूर्व मुख्यमन्त्रीहरुले मुख्यमन्त्रीको कार्यालय छाडिसेकका छन् । रासस

प्रकाशित: ३ चैत्र २०७३ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App