७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सिरियामा ६ वर्षे लामो गृहयुद्धमा ५५२ बालबालिकाको मृत्यु

सिरियामा भएको ६ वर्ष लामो गृहयुद्धका क्रममा गत वर्ष सबैभन्दा बढी संख्यामा बालबालिकाको मृत्यु भएको तथ्य सावैजनिक भएको छ। मृत्यु हुने बालबालिकाको संख्यामा सन् २०१५ यता २० प्रतिशतले बढी रहेको जनाइएको छ। संख्यामा भन्ने हो भने ५५२ बालबालिकाहरुको युद्धका क्रममा मृत्यु भएको छ।

मारिएका बाललिका मध्ये २२५ बालबालिकाको विद्यालय तथा विद्यालय आसपासको क्षेत्रमा मारिने गरेका छन्। सन् २०१६मा ८५० को संख्यामा बालबालिकाहरु लडाकूका रुपमा भर्ना भएका र लडाईंको क्रममा उनीहरु मारिएको युनिसेफले जनाएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर भएको समेत युनिसेफले जानकारी दिएको छ। 

गृहयुद्धका कारणले करिब ६० लाख बालबालिकाले खाद्य संकट भोग्नु परेको तथ्य समेत सार्वजनिक भएको छ।

 

प्रकाशित: १ चैत्र २०७३ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App