७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘भाजपाको विजय नयाँ भारत निर्माणको आधार’

नयाँदिल्ली– राजनीतिक रुपमा एकदमै महत्वपूर्ण मानिएको भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विधानसभाको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको एक दिनपछि भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको विजय नयाँ भारत निर्माणको आधार भएको बताएका छन् । 

विधानसभा निर्वाचनमा विजय हासिल गरेपछि भारतीय जनता पार्टीको मुख्यालय नयाँदिल्लीमा आयोजित विजयसभामा मन्तव्य राख्दै उनले भने, ‘भारतीय जनता पार्टीको जीत नयाँ भारत निर्माणका लागि एक आधार हो । करिब ६५ प्रतिशत युवा नागरिक बस्ने देशमा नवयुवालाई सेवा दिन र नयाँ भारत निर्माणका लागि पनि यो जनमत एक ठूलो अवसर हो । निर्वाचनको मत परिणामलाई त्यही अवसरका रुपमा लिनुपर्छ ।’ उनले थप्दै भने, ‘नव भारत निर्माण अब भारतीय जनता पार्टीको नेतृत्वबाट मात्र सम्भव छ ।’ 

उनले नयाँ भारत तमाम युवाहरुको आकांक्षा हो भन्दै यसले भारतमा महिलाको विकास र उनीहरुमाथिको लगानीलाईसमेत सुनिश्चित गर्ने धारणा राखे । भारतीय जनता पार्टीको नेतृत्वको सरकारले भारतका समग्र युवाहरुको बृत्ति विकासका लागि कामगर्ने धारणा पनि उनले राखे ।

पाँच राज्यमा भएको विधानसभाको निर्वाचनमा भारतीय जनता पार्टीले अत्यन्तै महत्वपूर्ण मानिएको उत्तर प्रदेशमा प्रचण्ड बहुमत हासिल गरेको थियो । विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीेले प्राप्त गरेको मतका विषयमा भारतमा व्यापक मात्रामा चर्चा भइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालको परीक्षणका रुपमासमेत लिइएको विधानसभा निर्वाचनमा राजनीतिक रुपले अत्यन्तै महत्वपूर्ण उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा भारतीय जनता पार्टीले निकालेको बहुमतसहितको विजयलाई मोदीको पहलकदमी र ख्यातीका कारण भएको प्रचार गरिएको छ । 

प्रकाशित: १ चैत्र २०७३ ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App