१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

बर्खास्तमा परेकी कोरियाली राष्ट्रपतिले छोडिन् सरकारी निवास

सोल–  संसदको महाअभियोग अदालतले समेत सदर गरेपछि दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेल राष्ट्रपति भवनबाट बाहिरिएकी छन्। उनी उनकी साथीसँग एक भ्रष्टाचारको काण्डमा सहभागी भएकी भन्दै उनलाई महाअभियोग लगाइएको थियो।

राष्ट्रपति भवनबाट बाहिरिएपछि उनी सोलस्थित आफ्नो निजी निवासमा गएकी थिइन्। यसबारे उनले अझैसम्म कुनै पनि प्रतिक्रिया दिएकी छैनन्। पार्कका समर्थकहरुले उनीप्रतिको यो व्यवहारकोविरुद्धमा ¥याली निकालेका थिए।

उनीमाथि अब फौजदारी मुद्दा लाग्न सक्ने अधिकारीहरुले बताएका छन्। उनी आफ्नो बचाउका लागि कुनै पनि कार्य गर्न नसक्ने देखिएको छ। उनले आर्थिक लाभका लागि उनकी साथीसँग मिलेर गरेको भ्रष्ट्राचारले उनी लज्जास्पद स्थितीमा राष्ट्रपति भवनबाट बाहिरिएकी छिन्। 

उनी दक्षिण कोरियाली समयअनुसार साँझको ६ बजे राष्ट्रपति भवनबाट बाहिरिएकी थिइन्। उनलाई कर्मचारीहरुले बिदाई गरेर पठाएका थिए। ठूलो संख्यामा सवारी साधनहरुको लाइनसहित उनी घर गएकी थिइन्। उनी त्यहाँ पुग्दा उनको स्वागतका लागि उनका समर्थकहरु कुरिरहेका थिए।

मे महिनाको ९ तारिखसम्म स्वतन्त्र र निष्पक्ष रुपमा राष्ट्रपतिको चुनाव गराउने भनी दक्षिण कोरियाको निर्वाचन आयोगले बताएको छ। पछिल्लो समयको पार्कका गतिविधिले लोकतन्त्र र विधिको शासन कमजोर बनाएको दक्षिण कोरियालीहरुको ठहर छ।

 

प्रकाशित: ३० फाल्गुन २०७३ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App