coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केन्यामा खडेरी, खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको अपिल

नैरोबी(कान्या)– खडेरीग्रस्त केन्यामा खाद्य सामग्री तथा खानेपानीको समस्या समाधानको लागि विश्व समुदायलाई संयुक्त राष्ट्रसंघको मानवीय तथा सङकटकालिन विभागले अपिल गरेको छ।

खडेरीले ग्रस्त उक्त क्षेत्रमा जनताको सुरक्षाको लागि विश्व समुदायको ध्यानकार्षण गराउनका लागि उक्त संस्थाका प्रमुख स्टेफेन ओ ब्रेइनले विज्ञप्ती जारी गरी विश्व समुदायसँग अपिल गरेकी छन्। 

यो दशकमा खडेरीले अफ्रिकी जनता ग्रसित भएको यो दोस्रो पटक हो । उक्त खडेरीले ३० लाख जनता ग्रसित भएको पनि ब्रेइनले उक्त विज्ञप्तीमा उल्लेख गरेकी छन्। खडेरीले केन्या, जोर्डन, सोमालियालगायतका मुलुकका जनता चपेटामा परेका छन्। यो भोकमरी र रोगव्याधीलाई  छिटो हटाउन सहयोग गर्नका लागि पनि यिनले अपिल गरेकी छन्।

खाद्यान्न उत्पादनमा कमी आएको र खाद्यान्नको मूल्यमा आकाशिएको कारणले यस्तो अवस्थामा पुग्नका लागि अफ्रिकी जनता बाध्य भएको समेत उनले बताए ।

शुक्रबार केन्याको संकटग्रस्त क्षेत्रको अवलोकन गरी केन्यालगायतका अन्य देशको समस्या बारे उनले विश्व समुदाय सँग उतm क्षेत्रका जनताको बारेका चिन्ता व्यतm गर्दे उनले यस्तो अपिल गरेका छन्।

केन्यामा लगातार तेस्रो पटक यस्तो अवस्था आउदाँ यहाँका समुदायमा नैराश्यता बढेको छ । यस्तो समस्याले यहाँको अधिक जनसंख्या प्रभावित हुदाँ यस क्षेत्रका मानिसहरु  विभिन्न प्रकारका रोग आतंकबाट समेत ग्रसित हुनुपरेको छ। सोमालिया, इथियोपिया जोर्डनलगायतका देशका ग्रामीण क्षेत्रका मानिसहरु हैजा, पखाला, दादुरालगायतका रोगको महामारीका परेका छन्।
 

प्रकाशित: २३ फाल्गुन २०७३ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App