१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

टर्कीमा जनमत संग्रह : हुन्छ! पक्कै हुन्छ!! भन्दै हजारौं महिला सडकमा

इस्तानबुल– राष्ट्रपति रेसेप तायिप एर्डोगानको पक्षमा मत व्यक्त गर्न सरकार समर्थक हजारौं महिलाले टर्कीको राजधानी इस्तानबुलका विभिन्न ठाउँमा जुलुस निकालेका छन् ।

हजारौँ महिलाको जुलुसले इस्तानबुलको प्राचीन पर्खाल बाहिर करिब १२ हजार ५ सय दर्शक क्षमता रहेको अब्दी इपेक्सी एरिना नामक खेलकुद रंगशाला भरिएको बताइएको छ । जुलुसमा सहभागी महिलाले ‘जहाँ महिला, त्यहाँ प्रजातन्त्र’ भन्ने नारा लगाएको समाचार एजेन्सी एएफपीले जनाएको छ।

सरकार समर्थक महिलाको संगठन ‘वुमन एण्ड डेमोक्र्यासी एसोसिएसन (केएडीईएम)’ ले प्रायोजन गरेको उक्त जुलुसमा श्रीमती एमीन सँगै राष्ट्रपति एर्डोगान पनि उपस्थित भएको बताइएको छ।

जुलुसका सहभागी महिलाले टर्कीको राष्ट्रिय झण्डा फहराउँदै ठूलो स्वरमा ‘हुन्छ ! पक्कै हुन्छ !’ भन्ने नाराबाजी समेत गरेका छन् ।

जुलुसमै राष्ट्रपति एर्डोगानकी कान्छी छोरी सुमेई एर्डोगान बेरक्तारलाई सरकार समर्थित केएडीईएम एसोसिएसनको उपाध्यक्ष पदमा मनोनित गरिएको बताइएको छ।

फ्रान्स वा संयुक्त राज्य अमेरिकामा धेरै वर्ष अघिदेखि लागू हुँदै आइरहेको राजनीतिक प्रणालीले अङ्गिकार गरेसरह मुलुकका राष्ट्रपतिलाई कार्यकारी अधिकार दिन हुन्छ वा हुँदैन भन्ने विषयमा आगामी १६ अप्रिलका दिन टर्कीमा संविधान संशोधन गर्ने विषयमा जनमत संग्रह सम्पन्न हुन गइरहेको छ।

जनमत संग्रहमा राष्ट्रपतिलाई कार्यकारी अधिकार दिने गरी संविधान संशोधन गर्न हुन्छ भन्ने परिणाम आएमा वर्तमान राष्ट्रपति एर्डोगानको राजनीतिक शक्ति स्थायी रुपमा मजबुत हुने हुँदा सरकार र राष्ट्रपति एर्डोगान समर्थक महिलाहरूले प्रदर्शन गरेको जनाइएको छ।

जुलुसका सहभागी महिलाले टर्कीको राष्ट्रिय झण्डा फहराउँदै ठूलो स्वरमा ‘हुन्छ ! पक्कै हुन्छ !’ भन्ने नाराबाजी समेत गरेका छन् ।

राष्ट्रपति एर्डोगानको सत्तारुढ दल जस्टिस एन्ड डेभेलप्मेन्ट पार्टी (एकेपी) ले हुन्छ (यस) भन्ने पक्षमा प्रचारप्रसार अभियानको नेतृत्व लिएको छ । संविधान संशोधन गरी राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रदान गरिएमा मुलुकमा राजनीतिक स्थायित्व आउने एकेपी पार्टीको दाबी छ ।
 
त्यस्तै, हुन्छ (यस) पक्षको बहुमत आएमा प्रस्तावित राजनीतिक योजना मुताविक वर्तमान राष्ट्रपति एर्डोगान सन् २०२९ को अन्त्यसम्म टर्कीको राष्ट्रपति पदमा नै रहन सक्नेछन्।  यसर्थ आगामी जनमत संग्रह राष्ट्रपति एर्डोगानको अग्नी परीक्षासमेत हुने जनाइएको छ।

टर्कीका विपक्षी दलहरूले भने राष्ट्रपतिलाई बढि अधिकार दिने विषयमा बेग्लै विचार व्यक्त गरिरहेका छन् । संविधानको संशोधनबाट ल्याउने परिवर्तनले राष्ट्रपतिलाई बेलगाम बनाउन सक्ने खतरा हुने र राष्ट्रपतिसँग अधिक शक्ति निहित भएमा नयाँ तानाशाहको जन्म हुनसक्ने खतरा रहेको भन्दै शक्तिको मात वा नसामा राष्ट्रपतिले मुलुकको संसदलाई नै निष्क्रिय र कठपुतली बनाइ राष्ट्रपति सर्वेसर्वा र स्वेच्छाचारी हुने बताएका छन् । उनीहरुले एक व्यक्ति नमुना (वान म्यान मोडल) को प्रबद्र्धन हुने खतरा रहने पनि बताएका छन् ।  

सन् २००३ मा प्रधानमन्त्रीको पदबाट उच्च शक्ति हासिल गर्दै एर्डोगान सन् २०१४ मा राष्ट्रपतिको पदमा पुग्न सफल भएका थिए ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App