coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलाई अदालतको चुनौती, भिषा हुने सबैले अमेरिका प्रवेश पाउने

सियाटल–मुस्लिम बाहुल्यता रहेको सात मुलुकबाट अमेरिका प्रवेशमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले उल्टाइदिएको छ। राष्ट्रपतिको आदेशविरुद्ध अमेरिकाको सियाटलका एक न्यायाधीसले वैधानिक भिषा हुने सबैले अमेरिका प्रवेश पाउने गरी अस्थायी आदेश दिएका छन्।

राष्ट्रपतिको आदेशविरुद्ध अमेरिकाको सियाटलका एक न्यायाधीसले वैधानिक भिषा हुने सबैले अमेरिका प्रवेश पाउने गरी अस्थायी आदेश दिएका छन्।

सरकारी वकिलहरुले राष्ट्रपतिले दिएको कार्यकारी आदेशलाई कुनै पनि राज्यले चुनौती दिने ठाउँ नरहेको भन्ने दाबी गरिरहेका बेला संघिय न्यायाधीस जेम्स रोबर्टको यस्तो आदेश आएको हो।

यसअघि केही संघीय न्यायाधीशहरुले पनि राष्ट्रपतिको निर्णयविरुद्ध आदेश दिएका थिए। तर सियाटलका न्यायाधिसले दिएको यो पछिल्लो आदेश भने देशभरका लागि लागू हुनेछ। ट्रम्प प्रशासनमाथि महत्वपूर्ण चुनौती दिएको पछिल्लो आदेशविरुद्ध सरकारले तत्कालै पुनरावेदन दिने ठानिएको छ।

भर्जिनिया, न्यूयोर्क, मासाचुसेट्स र मिसिगनमा पनि ट्रम्पको आदेशलाई चुनौति दिँदै हालिएका मुद्दामा सुनुवाई भइरहेको छ।
यसैबीच ट्रम्पको कार्यकारी आदेशपछि ६० हजार भिजा खारेज गरिएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ। 

गत साता ट्रम्पले मुस्लिम बाहुल्यता रहेको सात देशका आप्रवासीहरुको अमेरिका प्रवेशबारे गरेको कार्यकारी निर्णयले जनप्रदर्शनहरु निम्त्याएका छन्। उक्त निर्णयले अमेरिकी विमानस्थलहरुमा दुविधाको वातावरण छ।

यसअघि नर्वेका पूर्व प्रधानमन्त्री हेल माग्ना बुलभिकले एकसाता अघि अमेरिकाको विमानस्थलमा आफू थुनामा परेको बताएका थिए। आफूसँग इरानको यात्रा अनुमतिपत्र भएकाले उनकै शब्दमा त्यस्तो उत्तेजनात्मक कदम चालिएको हुनसक्ने उनले बताएका छन्।

ट्रम्पले अमेरिकाको रक्षा गर्ने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताउँदै उक्त प्रतिबन्ध मुसलमानहरुमाथि नभएको दाबी गरेका छन्। थुप्रै राज्यका महान्यायाधिवक्ताहरुले कार्यकारी आदेश असंवैधानिक भएको बताइरहेका छन्।

प्रकाशित: २३ माघ २०७३ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App