८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फिलिपिनो राष्ट्रपतिद्वारा मार्शल कानुन लगाउने चेतावनी

मनिला–फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो देशमा विद्यमान लागू औषध समस्या समाधान नभए मार्सल कानुन लाग्न सक्ने चेतावनी दिएका छन् । राज्यको दक्षिणी शहर डाभाओमा व्यापारीहरुका बीचमा मन्तव्य राख्दै डुटेर्टेले भने,‘यदि मैले चाहेँ भने म नशालु पदार्थ सेवन र प्रयोग रोक्नका लागि मार्सल कानुन घोषण गर्नेछु । मलाई कसैले रोक्न सक्ने छैन । यो कदमले मेरो देश धेरै अगाडी बढ्ने छ ।’

फिलिपिन्सको कानुन अनुसार राष्ट्रपतिले जम्मा ६० दिनका लागि मात्रै मार्सल कानुन प्रयोग गर्न पाउँछन् । त्यो पनि देशमाथि हुने बाह्य आक्रमण र विद्रोहका बेला मात्रै । तर, कानुन संसदले ४८ घण्टाभित्र खारेज गर्न सक्छ भने सर्वोच्च अदालतले त्यसको बैधानिकतामाथि पुनरावलोकन गर्न सक्ने कानुन पनि फिलिपिन्समा रहेको छ ।
तर, राष्ट्रपति डुटेर्टेले ‘६० दिने कानुन खारेज हुनेछ र मैले मेरो देश र हाम्रो पुस्ता जोगाउन यदि मैले मार्सल कानुन लागू गर्न चाहेँ भने म जसरी पनि लागू गर्छु’ भन्दै अठोट प्रदर्शन गरेका थिए ।

गत महिना उनले मार्सल कानुनलाई वाहियात भनेका थिए जुन यो भनाइसँगै बाझिएको छ । राष्ट्रपति डुटेर्टेले करिब ४० लाख फिलिपिनो जनता अवैधानिक लागूऔषधबाट प्रभावित रहेको भन्दै लागूऔषधबाट देशलाई मुक्त गर्ने भन्ने अभियानले प्रहरी कारबाहीमा हजारौँ नागरिक मारिइसकेका छन् ।

पछिल्लो पटक सन् १९७२ मा मार्सल कानुन तानाशाह फर्डिनान्ड मार्कोसले शसस्त्र विद्रोह र कम्युनिष्ट समस्या समाधान गर्न भन्दै प्रयोग गरेका थिए जुन १९८१ मा अन्त्य भएको थियो ।

 

प्रकाशित: ४ माघ २०७३ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App