२४ श्रावण २०७७ शनिबार
अन्तर्राष्ट्रिय

सन् २०१६ मा विश्वभरी ५७ पत्रकार मारिए

पेरिस- सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ।

यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन्, भने अफगानिस्तानमा १० जना, मेक्सिकोमा नौ जना र इराकमा पाँचजना भएका विश्व सञ्चार स्वतन्त्रता समूह (पे्रस फ्रिड्म ग्रुप) ले जानकारी दिएको छ । मारिएका पत्रकार प्रायःजसो स्थानीय नै भएका बताइएको छ।

सन् २०१५ मा ६७ जना पत्रकार मारिएका तुलनामा भने २०१६ मा यो सङ्ख्या केही कम भएको पनि सो समूहले जानकारी दिएको छ। विशेषगरी सिरिया, इराक, लिबिया, यमन, अफगानिस्तान र बुरुन्डी जस्ता सदाकाल युद्धग्रस्त र समाचार सङ्कलन गर्नका लागि अत्यन्तै जोखिमयुक्त देशमा गएका पत्रकार त्यहाँबाट पलायन भएका हुनाले पनि यो सङ्ख्यामा कमी आएको सो समूहले बताएको छ।

त्यस्तै आठजना सञ्चारकर्मी र नौजना इन्टरनेट सूचना समसामयिकिकरण गर्ने व्यवसायी (ब्लगर) हरु पनि सन् २०१५ मै मारिएका छन्।

“जहाँ दण्डहिनताले राज्य गरिरहेको हुन्छ, त्यहाँबाट पत्रकारहरु फिर्ता हुनुपर्छ र त्यहीँ नै सत्य समाचार र सूचनामाथि काला छिद्रहरु छरपष्ट भइरहेका हुन्छन्” रिपोर्टर्स् बिदाउट बोर्डर्सले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

अफगानिस्तानमा मारिएका १० पत्रकार उनको व्यवसायलाई लक्षित गरी मारिएका थिए। सन् २०१६ को जनवरीमा निजी टेलिभिजन च्यानल टोलोले भाडामा लिई प्रयोग गरेको मिनी बसमा आत्मघाती आक्रमणमा तीन महिलासहित सात व्यक्ति मारिएका थिए । यस आक्रमणको जिम्मेवारी तालिवान आतङ्ककारी समूहले लिएको थियो ।

यमनमा सरकारी सेना र साउदी अरेबियाको समर्थन प्राप्त सशस्त्र बलले हुथी विद्रोहीविरुद्ध गरेको युद्धको कारण सन् २०१५ देखि सात हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने अर्को तर्फ पाँच पत्रकारको दिनदाहाडै हत्या गरिनाले पत्रकारले यमनलाई एक “कालो क्षेत्र– ब्ल्याक स्पट” का रुपमा हेर्छन्।

पत्रकाको संरक्षणका लागि विशेष सुरक्षा प्रतिनिधिको बन्दोबस्त गरिदिनसंयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव आन्टोनियो गुटेर्रेससँग पे्रस फ्रिड्म ग्रुपले आह्वान गरेको छ। रासस/एएफपी

 

प्रकाशित: ४ पुस २०७३ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App