८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ?

मेलवर्न- सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ।

सामाजिक सञ्जालको प्रयोग र मानिसको तनाव, चिन्ता र खुसीबीचको सम्बन्धका बारेमा अध्ययन गर्दा यस्तो भेटिएको हो।

युनिभर्सिटी अफ मेलवर्न र मोनास युनिभर्सिटीले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सामाजिक सञ्जालले एक अर्कालाई सम्पर्कमा रहिरहन सहयोग गरेकाले मानसिक तनाव कम गराएको हुन सक्ने निश्कर्ष निकालिएको छ।

नकारात्मक सन्देशहरु पनि लेखिने प्रत्यक्ष रुपमा वार्ता गर्न नसक्नेको लागि पनि सामाजिक सञ्जालले राम्रो गरेको जनाएको छ।

“सामाजिक सञ्जालहरुमा नकारात्मक विचारहरु मात्रै आउदैनन, त्यहा आफुलाई मन परेका, रमाईलो र उत्तेजक लाग्ने सामग्रीहरु पनि छनौट गर्न पाईने भएकाले राम्रो व्यवहार निर्माणका लागि यो सहयोगी हुने देखिन्छ”, यस अध्ययनको नेतृत्व गर्नु हुने मेलवर्न युनिभर्सिटीका पेग्गी केर्नद्धारा शुक्रबार जारी बक्तव्यमा लेखिएको छ।

“सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यको अन्तरसम्वन्ध बुझ्ने क्रममा सामाजिक सञ्जालहरुको प्रयोगलाई कसरी राम्रो बनाउने र यसले मानसिक स्वास्थ्यमा कसरी सहयोग गर्ला भन्ने बारेमा पनि अध्ययन गरिएको छ,” केर्नेले जानकारी दिए।

मोनास युनिभर्सिटीका अनुसन्धानकर्ता एलिजावेथ सिब्रुकले सामाजिक सञ्जालको प्रयोग भविश्यमा कस्तो होला र यसले मानिसको मानसिक स्वास्थ्य र समाजमा के कस्तो प्रभाव पार्ला भन्ने बुझ्नका लागि अध्ययन गरिएको बताए। रासस/सिन्ह्वा

 

प्रकाशित: २४ मंसिर २०७३ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App