coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हजार बढी पानी जहाज डुबेको ठाउँ

समुद्रका केही ठाउँ ज्यादै खतरनाक छन्। ती ठाउँमा पटक–पटक दुर्घटना भइरहन्छन्। यस्ता ठाउँलाई जहाजका चिहानघारी भनिन्छ। क्यारेबियन सागरको बर्मुडा ट्र्याङ्गल, यस्तै एउटा चिहानघारी हो। तर तपाईंलाई अचम्म लाग्ला– बर्मुडा त्रिकोणभन्दा पनि बढी जहाज डुब्ने ठाउँ अन्यत्रै छ।

जहाज दुर्घटना भइरहने ठाउँ गहिरो खाडल नभई उँचो तट भएको ठाउँ हो। यो ठाउँ हो, बेलायतको पूर्वी भेग केन्टनजिकको गुडविन स्यान्डस्। युरोपको सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक डोभरनजिकैको यो गुडविन स्यान्डस अलि उँचो ठाउँमा छ। यहाँ आउने छालले जुन बालुवा ल्याउँछ, त्यसका कारण जहाजलाई डुबाउने काम गर्छ। यो दलदलयुक्त क्षेत्र हो। १० माइल क्षेत्रफलमा फैलिएको यो ठाउँलाई संरक्षित क्षेत्र घोषणा गर्ने माग भइरहेको छ।

डोभर बन्दरगाह प्रशासनले पोर्टको क्षेत्र बढाउन गुडविन स्यान्ड्सलाई खन्ने योजना बुनिरहेको छ। यहाँबाट २५ लाख टन बालुवा निकालेर यसलाई गहिरो बनाउने योजना छ। तर विरोध पनि उत्तिकै भइरहेको छ। विरोधीहरुको धारणा छ, यसले वातावरणीय समस्या निम्त्याउनेछ।

यस बालुवाको समुद्रभित्र सयौँ जहाज डुबेका छन्। अचानक आएका कैयौँ आँधिको शिकार भएका जहाजमा एकै पटकमा हजार बढी माझी मारिएका छन्। यहाँ डुबेका जहाज खनेर निकाल्न र डुबेका जहाजबाट सम्पत्ति निकाल्न कैयौँले प्रयास गरिरहेकाले त्यस्तो नहोस् भनेर १९०८ मा यस क्षेत्रलाई संरक्षित क्षेत्र घोषित गरिएको थियो।

१७०३ मा आएको आँधिका कारण २४ जनवरी १८०९ मा मद्रासका लागि हिँडेका एडमिरल गार्डनर डुबेको थियो। यस जहाजमा ४८ टन सिक्का र तोपसहित डुबेको थियो। ती सिक्का कम्पनीका कर्मचारीलाई तलबका रुपमा दिन लगिएको थियो। तर गुडविन स्यान्ड्समुन्तिर यो जहाज डुब्यो। यसमा सवार दुई हजारभन्दा बढीको मृत्यु भएको आँकलन छ।

सन् १९७९ मा यस ठाउँको अध्ययन गर्न खनिएको थियो र जहाजबाट करिब १० लाख सिक्का निकालिएको थियो। यतिबेला पुनः खन्ने तयारीमा रहेको बोर्डले जहाजलाई नचलाइने बताएको छ। बोर्डका प्रवक्ता एन्थोनी ग्रिनवुड भन्छन्, ‘जुन ठाउँ ऐतिहासक रुपमा महŒवका छन्, तिनलाई पूर्ण सुरक्षा दिन्छौँ।’ यसअघि पनि सन् ८० र ९० को दशकमा भएका बालुवा निकाल्ने क्रममा कुनै किसिमको पर्यावरणीय समस्या नदेखिएकाले यस कार्यको विरोध गर्नु तुक नभएको ग्रिनवुडको भनाइ छ।

यहाँ निकै धेरै विमान डुबेका छन्। ६० वटा जहाज त दोस्रो विश्वयुद्धका बेलामा या त दुर्घटनाको शिकार भएका थिए या बमले उडाइएका थिए। यसमा चढ्ने कैयौँको हताहती भएको थियो। सन् २०१३ ताका एउटा जर्मन लडाकु विमान पनि समुद्रबाट निकालिएको थियो।

केन्ट म्युजियमका डेभिड ब्रोकेलहर्स्टको दाबीअनुसार गुडविन स्यान्ड्सभित्र सयभन्दा बढी विमान र पचासभन्दा बढी मानिसको कंगाल छन्। तिनलाई निकाल्न आवश्यक छ। बेलायतको प्रोटेक्सन अफ मिलिट्री रिमेन्स एक्ट १९८६ अनुसार कुनै सैन्य सामग्रीलाई कसैले पनि छुन/चलाउन पाउँदैन।

हुन त डोभर पोर्ट बोर्डका ग्रिनवुड भन्छन्, ‘विज्ञहरुको सहयोगबिना खन्ने काम हुँदैन। त्यसैले यसमा डराउनुपर्ने कुनै कुरा देखिँदैन।’ खन्ने कामका विरोधी चाहिँ खन्ने कामले यो क्षेत्रको विध्वंशबाहेक केही हुँदैन। यी दुई पक्षको कुरा सुनेर बेलायती मरिन म्यानेज्मेन्ट अर्गनाइजेसनले नै के गर्ने भन्ने कुराको स्वीकृति वा अस्वीकृति दिनेछ।

बिबिसी अर्थमा फियोना यङ ब्राउनको आलेख

प्रकाशित: २३ मंसिर २०७३ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App