७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

फिडेल क्यास्ट्रोको निधनप्रति ट्रम्प खुशी !

वासिङटन–अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दिगंवत साम्यवादी नेता फिडेल क्यास्ट्रोलाई क्रुर तानाशाहको संज्ञा दिएका छन्। एएफपीका अनुसार ट्रम्पले फिडेल क्यास्ट्रोलाई आफ्ना जनतामाथि अत्याचार गर्ने नेता भएको बताएका हुन्।

ट्रम्पले फिडेलको मृत्युपछि क्युवा स्वतन्त्र भविष्यतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। फिडेलको ९० वर्षको उमेरमा शुक्रबार राति निधन भएको थियो। फिडेलको निधन भएको समाचार सार्वजनिक भएपछि अमेरिकाका कतिपय शहरमा खुशीयाली मनाइएको समाचार छ।

ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेपछि क्युवा प्रसाशनको सहयोगकालागि हरसम्भव कोसिस गर्ने बताएका छन्। उनले अमेरिका क्युवाको जनताको स्वतन्त्रता तथा समृद्धिकालागि सहयोग गर्ने बताएका छन्। फिडेलको निधनपछि मियामीमा हजारौंको संख्यामा सर्वसाधारण  सडकमा उत्रिएर खुशीलायली बनाएका छन्। उनीहरुले सामुहिक नाच गान गर्दै फिडेल साम्यवादी तानाशाह भएको आरोपसमेत लगाएका छन्।

उता अमेरिकी राष्ट्रपति बराक ओबामाले फिडेल क्यास्ट्रोको निधनले क्युवाका जनतालाई निकै ठूलो नोक्सानी भएको बताएका छन्। ओबामाले भने,‘फिडेलको निधन यस्तो समयमा भयो, जतिबेला अमेरिका र क्युवाले मित्रताको हात अगाडि बढाएका थिए।’
 

प्रकाशित: १२ मंसिर २०७३ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App