७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कोलम्बिया सरकार र फार्कद्वारा संशोधित शान्ति सम्झौतामा हस्ताक्षर

बोगोटा- कोलम्बियाका राष्ट्रपति जोन म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)का नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा बिहीबार हस्ताक्षर गरेका छन्। सो शान्ति सम्झौता संसद् (कंग्रेश)मा पेश गरिने छ।

यसअघिको शान्ति सम्झौता गत अक्टोबर २ मा भएको जनमतसङ्ग्रहबाट अस्विकृत भएको थियो। वर्तमान राष्ट्रपति तथा प्रतिपक्षी दलका नेता अल्भारो उरिबे नेतृत्वको पार्टीले सो सम्झौताले विद्रोहीलाई विगतका अपराधबाट छुट दिन लागिएको भन्दै विरोध जनाएपछि शान्ति सम्झौता अस्विकृत भएको थियो।

संशोधित शान्ति सम्झौतामा अघिल्लो शान्ति सम्झौताका कमजोरी सच्याइएको र प्रतिपक्षीहरुको मागलाई सम्वोधन गर्ने प्रयास गरिएको सन्तोषले बताएका छन्। नयाँ सम्झौताले प्रतिपक्षी दललाई पनि जिम्मेबार बनाउने उनको विश्वास छ।

तर प्रमुख प्रतिपक्षी दलले भने सम्झौताप्रति असन्तुष्टी जनाउदै आएको छ । नोवेल शान्ति पुरस्कार विजेता समेत रहेका राष्ट्रपति सन्तोषले पूर्वराष्ट्रपति उरीबेलाई मनाउन धेरै प्रयास गरेका थिए।

झण्डै ५२ वर्षदेखिको द्वन्द्व अन्त्य गर्नेगरी यसअघि भएको शान्ति सम्झौता जनमतसङ्ग्रहबाट थोरै मत अन्तरले अस्विकृत भएपछि सरकार र विद्रोही फार्कका बीच नयाँ सम्झौतामा हस्ताक्षर भएको हो ।

यो सम्झौताले फार्क विद्रोही समूहलाई राजनीतिक पार्टीको रुपमा रुपान्तरण गर्ने उद्देश्य लिइएको छ ।

सन्तोषले संसद्मा सो सम्झौताको पक्षमा मतदान गर्न संसद्का सदस्यलाई दवाव दिएका छन्। संसद्मा सन्तोषको गठबन्धनको बहुमत रहेको छ। रासस/सिन्ह्वा

 

प्रकाशित: १० मंसिर २०७३ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App