७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

साउदी अधिराजकुमार टुर्कीको निधन

रियाद – साउदी राजा सलमानका भाइ अधिराजकुमार टुर्कीविन अब्देल अजिजको निधन भएको राजदरबारबाट शनिबार जारी विज्ञप्तिमा जनाइएको यहाँको एसपिए न्यूज एजेन्सीले बताएको छ ।

अधिराजकुमार टुर्की साउदी अधिराज्यका संस्थापक पिता किङग अब्दुल अजिजविन साउद र माता हासावन अहमद सुदैरीका कोखबाट सन् १९३४ मा जन्मिएका थिए ।टुर्कीले सन् १९६८ देखि सन् १९७८ मा साउदीको उप–रक्षामन्त्रीका रुपमा समेत काम गरेका थिए ।

उनको शनिबारै अन्त्येष्टि गरिएको दरबारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साउदी राजा सलमानले अधिराजकुमारको मृत्युपछि शनिबार बेलुकादेखि तीनदिनसम्म समवेदना सन्देश ग्रहण गर्ने राजदरबार स्रोतले जनाएको छ । रासस\एएफपी

 

प्रकाशित: २८ कार्तिक २०७३ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App