१५ चैत्र २०७९ बुधबार
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता

इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीले रिउ टापुका स्थानीय अधिकारीहरूको पछिल्लो जानकारीअनुसार ‘११ मृत शरीर भेटिएको र अन्य ५० जना हराइरहेको बताएका छन।  

उक्त संस्थाले उपलब्ध गराएको तस्वीरमा बोर्नियो र मलेसियाको मुख्य भूमिको बीचमा पर्ने सेरासान टापुको भिरको किनारानजिक रहेका घरहरू पहिरोबाट खसेको माटो र भग्नावशेषले पूर्ण रूपमा पुरिएका छन्।

 रिउ टापुको विपद् व्यवस्थापन निकायका प्रवक्ता जुनाइनाहले प्रभावित क्षेत्रमा सञ्चार सञ्जाल काटिएको र पछिल्लो जानकारी प्राप्त गर्न कठिन भएको बताए।  

“मौसम अप्रत्याशित छ । हावा तीव्र छ र व्यापक बाढी आएको छ,” उनले बताए ।मुहारीका अनुसार टाढा टापुसम्म पुग्न पनि उद्धार अधिकारीलाई कठिन हुनेछ ।सामान्यतया तीव्र गतिको डुङ्गाबाट पहिरो प्रभावित क्षेत्रमा पुग्न पाँच घण्टा लाग्छ,’ उनले भने।

प्रकाशित: २२ फाल्गुन २०७९ २०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App