८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने आइएसको चेतावनी

वासिङ्टन–इस्लामिक स्टेट आइएसले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने चेतावनी दिएको छ। गत शनिबार अर्को आतंकवादी समूह अल कायदाले राष्ट्रपतिको निर्वाचनको दिन न्युवोर्क, टेक्सस र भर्जिनियालगायतका राज्यमा आक्रमणको चेतावनी दिएको भोलिपल्ट आइएसले मतदाताको नै हत्या गर्ने चेतावनी दिएको हो।

आइएसले एक विज्ञप्ति जारी गर्दैै भनेको छ, ‘ मुस्लिमलाई यस मतदानमा भाग नलिन सचेत गराइन्छ, यदि मतदान गरिए मतदान गर्ने मतदाताको हत्या गरिने छ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीको मुस्लिम र इस्लाम नीतिमा कुनै फरक छैन त्यसैले उनीहरुलाई भोट गर्नुको कुनै अर्थ छैन।’

आइएसले अमेरिकामा संधै मुस्लिमलाई हेपिने गरिएको भन्दै अमेरिकीहरु मुस्लिमविरोधी भएको समेत आरोप लगाएको छ। अमेरिकामा यही नोभेम्बर ८ मा राष्ट्रपतिको निर्वाचन हँुदैछ।

 

प्रकाशित: २२ कार्तिक २०७३ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App