१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

अन्तिमसम्म लड्न आइएस प्रमुख बग्दादीको आग्रह

बग्दाद– चरमपन्थी विद्रोही समूह इस्लामिक स्टेट (आइएस) का प्रमुख अबु बकर अल बग्दादीले आफ्ना कार्यकर्तालाई इराकी सेना विरुद्धको लडाइमा पछाडि नहटी साटो आत्मसम्मानका साथ आफ्नो भूमिमा लड्न आग्रह गरेका छन्।

बग्दादाीले बुधबार एक अडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘पछि नहट, बेइज्जत भएर पछि हट्नु भन्दा आत्मसम्मानका लागि आफ्नो भूमिमा लड्नु हजार गुणा राम्रो।’
बग्दादीले इराकी सेनाले मोसुल सहरमा आइएस विरुद्ध धावा बोलेको भन्दै त्यसको प्रतिकार गर्न आफ्नो लडाकुलाई आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘इराकी सेनाले मोसुल सहर आफ्ना कब्जामा लिन लागेको दाबी गरेका छ, उनीहरुलाई कडा जवाफ दिने समय आएको छ, अब जताततै बम हान्ने समय आएको छ।’  बग्दादी मोसुल सहरमा नै रहेको अनुमानका साथ इराकी सेनाले अहिले उक्त सहर पूर्ण आफ्नो नियन्त्रणमा दिने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्मले जनाएका छन्।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App