८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आइएस विरुद्धको लडाइँमा इराकी सेनालाई ठूलो सफलता

बगदाद– विश्वभर आतंक मच्चाइरहेको आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) सँग ‘निर्णायक’ लगाइँ  लडिएको इराकी सेनालाई ठूलो सफलता मिलेको छ। इराकको सबै भन्दा ठूलो सहर मोसुलबाट आइएसलाई हटाउने अभियानमा रहेको इराकी सेनाले मोसुल सहरको बाहिरी इलाकालाई आफ्नो निणन्त्रण्मा लिएको बीबीसीले जनाएको छ।
मोसुल सहरलाई दुई वर्ष पहिला आइएसले आफ्नो कब्जामा लिएको थियो। दुई वर्षपछि इराकी सेना सो सहरमा बसेको हो। 

देशको उत्तरमा अवस्थित मोसुल सहर इस्लामिक स्टेटको अन्तिम किल्ला भएको बताइएको छ।  विगत केही दिनदेखि मोसुल सहन आसपासमा भीषण लडाइँ जारी छ। इराकी सेनाले रकेट, तोप गोलाबारुद तथा मेसिन गनको सामना गर्नुपर्ने बीबीसीले उल्लेख गरेको छ। सेनाको आतंकवादी विरोधी दस्ताले मोसुल सहरको कुकजालीमा  रहेको सरकारी टेलिभिजन रहेको भवन आफ्नो नियन्त्रणमा लिन सफल भएको छ।

तर सैनिकलाई आफ्नो उपस्थिति देखाउन निकै कडा स्थितिको सामना गर्नुपर्नेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।  सेनाका अनुसार मोसुल सहरको दक्षिण पूर्वी इलामामा पनि आइएस विरुद्धको अभियान जारी छ।

इराकी सेनाका प्रवक्ता सबाल अल नुमानने भने, ‘आज हामीले मोसुल निकै ठूलो सफलता हासिल गरेको छ। हामीले महत्वपूर्ण इलाकालाई स्वतन्त्र बनाएका छौं।’ सोमबार इराकी प्रधानमन्त्री हैदर अल आबदीले मोसुल सहरमा तीन हजार पाँच सय आइएस भएको र उनीहरुसँग कि आत्मशमपर्ण गर्ने वा मार्ने बाहेक कुनै विकल्प  नभएको बताएका थिए।

दुई हप्तादेखि मोसुल सहरमा इस्लामिक स्टेटलाई परास्त गर्न अभियानमा पचास हजार इराकी सैनिक, कुर्द लडाकु, सुन्नी अबरका लडाकु र सिया समुदायका लडाकु सहभागी छन्। अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको प्रवक्ता जोन डोरियनले आइएसले आत्मशमर्पण नगरे उनीहरुको मृत्यु निश्चित रहेको बताए। मोसुल सहरमा इलाकी सेनाको घेराबन्दी हुने वित्तिकै संयुक्त राष्ट्रसंघका अधिकारीले मोसुल बसिरहेका १५ लाख नागरिकको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्।

 

प्रकाशित: १७ कार्तिक २०७३ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App