१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

सिकागो –अमेरिकी एयरलाइन्सको एक विमानमा उडान भर्ने क्रममा आगलागी भएका छ। सिकागोमा रहेको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मायामीकालागि उडान भर्ने तयारीमा रहेको अमेरिकी एयरलाइन्सको बोइङ ७६७ मा अचानक आगलागी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

विमानस्थलका अधिकारीहरुले भनेका छन्, ‘अमेरिकी एयरलाइन्सको बोइङ ७६७ को बाँया इन्जिनमा उडानका क्रममा शुक्रबार अचानक समस्या आएपछि आगलागी सुरु भएको हो तर विमनलाई धवनमार्ग भन्दा केही पर  आकस्मिक अवतरण गरेर विमानमा रहेका यात्रु तथा विमानका कर्मचारीहरुलाई सकुशल उद्धार गरिएको छ।’

उनीहरुले  उक्त विमनमा १ सय ६१ जना यात्रु तथा ९ जना विमानका कर्मचारी रहेको बताएका छन्। उनीहरुले उक्त दुर्घटनामा समान्य घाइते भएका २० जनालाई स्थानीय अस्पताल लगिएको बताइएको छ। उनीहरुले प्रारम्भिक अनुसन्धानबाट विमानमा आएको प्राविधिक समस्याका कारण आगलागी भएको र यसबारे थप अनुसन्धान भइरहेको बताए ।

 

प्रकाशित: १३ कार्तिक २०७३ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App